संविधान आउने आशै नगरौं: वैद्य

काठमाण्डु टुडे २०७१ साउन २६ गते १५:३६ मा प्रकाशित

बारा, २६ साउन- नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले वर्तमान संविधानसभाले जनअपेक्षाअनुसार संविधान जारी गर्ने आशा नरहेको बताएका छन् ।
mohanबारामा सोमबार उनले सर्वपक्षीय राजनीतिक सभामार्फत संविधान जारी गरिनुपर्ने बताए ।

सर्वपक्षीय सभाबाट सहमति खोज्ने आफ्नो पार्टीको प्रयासमा ठूला दल र सरकारले भाँजो हालेको आरोप लगाए । सर्वपक्षीय राजनीतिक सभाबिना जनताले संविधान पाउन नसक्ने उनको भनाइ थियो ।

संविधान निर्माणका क्रममा संविधानसभाबाहिरका दललाई समेत समेटेर लानुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us