काठमाण्डु, २६ साउन – वीर अस्पतालको नियमित सेवा सुचारु हुने भएको छ । आवासीय चिकित्सक संघको आहृवानमा जारी आन्दोलन टुंगिएको हो । मंगलबारदेखि वीर अस्पतालको सेवा सुचारु हुनेछ ।
आवासीय चिकित्सक संघ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र स्वास्थ्य मन्त्रालयबीच त्रिपक्षीय सम्झौता भएसँगै आन्दोलन टुंगिएको हो । साउन ११ गतेदेखि संघले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेको थियो ।
संघका अध्यक्ष डा मंगल रावलका अनुसार उपकरण आपूर्ति, सिनेटको नियमित बैठक, दीक्षान्त समारोह, आवासीय चिकित्सकहरुलाई आवास उपलब्ध गराउनेलगायतका सम्झौता भएका छन् ।