
काठमाण्डु, २६ साउन – सभासद गुरुप्रसाद बुर्लाकोटीले डन दिनेश अधिकारी ‘चरी’ हत्याको छानविन गर्न संसदीय समिति गठन नगरे संसद अवरुद्ध पार्ने चेतावनी दिदै कुनै पनि नागरिक मार्न नपाईने बताएका छन् ।
अधिकारीको छातीमा गोली लागेको घटनाले शंका गर्ने प्रशस्त ठााउ देखाएको भन्दै गृहमन्त्रीको संसदको अभिब्यक्ति आपत्तिजनक भएको टिप्पणी गरे । उनले भने–मान्छे मार्न पाईदैन । गल्ती भए कारवाही गर्नु पर्छ । सम्पत्तिको छानविन गरे हुन्छ । हाम्रो त्यसमा कुनै आपत्ति छैन ।
उनले घटनामा संलग्न अधिकारीलाई निलम्बन गरेर छानविन गर्न माग गरे ।
अधिकारीकी प्रेमिका भनिएकी खुस्बु ओलीले दिनेश अधिकारीको जीवन भन्दा आफ्नो ईज्जत ठूलो नभएको भन्दै न्यायिक छानविन होस् भनेर आफूले बोलेको स्पष्ट पारिन् ।
उनले आफू हत्याको सूत्राधार नभएको भन्दै मुलुकमा प्रहरी अराजकता बढ्न नदिन आफूले अभियान चलाएको बताईन । ओलीले आफ्नो प्रेमीको हत्याको सूत्राधार आफू नभएर अर्पण कोइराला र प्रहरी निरीक्षक कुमुद ढुागेल भएको आरोप लगाईन् ।
उनले आफ्ने सम्पत्तिको विषयमा उठेको कुरामा छानविन गर्न चुनौति दिदै आफ्नो मनोवल गिराउन यस्तो हल्ला फैलाएको दावी गरिन ।
ओलीले अधिकारीको हत्या फिल्मी शैलीमा भएको भन्दै अर्पण कोइराला र कुमुद ढुङगानाले पठाएको म्यासेजले समेत हत्याको पुष्टी गर्ने दावी गरिन । उनले भनिन्–केही व्यक्तिको नीच मनोवृत्तिका कारण चरीको हत्या भएको हो । यसको बारेमा निष्पक्ष छानविन हुनुपर्छ ।
त्यस्तै समितिका सदस्य एवम् दिनेश अधिकारीका मामा प्रेम बहादुर थापाले आफूहरुले अधिकारीको हत्याको सत्य तथ्य छानविन होस भनेर मााग गरेको बताएका छन् । थापाले आफूहरुले सिागो प्रहरीको विरोध भन्दा पनि प्रहरीको प्रवृत्तिको विरोध गरेको बताएका छन् । उनले अधिकारीलाई कतै बन्द कोठामा मारेर भीमढुागामा लगेर फालेको आरोप लगाएका छन् । थापाले भने–सत्य तथ्य ल्याउन पनि न्यायिक छानविन समिति बनाउनुपर्छ ।