किन बालुवाटार जान छाडे रामचन्द्र ?

काठमाण्डु टुडे २०७१ साउन २६ गते २:१२ मा प्रकाशित

काठमाण्डु, २६ साउन– कांग्रेसको १३ औं महाधिवेशनबाट नेतृत्व लिने गरी उपसभापति रामचन्द्र पौडेलले पार्टीभित्र ‘रणनीतिक मुभ’ सुरु गरेका छन् Ramchandra-Paudel
कांग्रेस–एमाले गठबन्धनमा सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बनेलगत्तै पौडेलले पार्टी नेतृत्व गर्ने योजना बनाएका हुन् ।
कोइराला प्रधानमन्त्री भएपछि कार्यबाहक सभापति पाउने अपेक्षा पौडेलको थियो । पार्टीभित्रकै शक्ति सन्तुलनका कारण उनले कार्यबाहक पाउन सकेनन् । पार्टीमा कार्यबाहक नपाएपछि उनले महाधिवेशनबाटै नेतृतवमा पुग्ने योजनासहित आफूलाई सक्रिय बनाएका छन् ।
आफ्नो योजनालाई मुर्त रुप दिन पौडेल अहिले पार्टीमा संठगन निर्माणमा निकै सक्रिय बनेका छन् ।

नयाँ पत्रिकाबाट

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us