सुनकोसीमा उद्धार होइन, रमितेको भिड

काठमाण्डु टुडे २०७१ साउन २६ गते २:०२ मा प्रकाशित

सिन्धुपाल्चोक, २६ साउन –सिन्धुपाल्चोकको राम्चे गाविसको इटनी भीर खसेर थुनिँदा बनेको सुनकोसीको ताल हेर्न आउनको भीड निकै बढेको छ ।
pahiro 2घटना घटेको साताबित्दा उद्धारका लागि भन्दा पनि ताल हेर्न आउनेको भीड निकै बढेको हो ।
गत १७ साउनमा इटनी भीर खसेर सुनकोसी नदी थुनेर कृत्रिम जलासय बनेपछि स्वदेशी तथा विदेशीको भीड लाग्न थालेको छ ।

पहिरोले ताल थुनेपछिको तेस्रो दिनपछि सिन्धुपाल्चोक र आसपासका जिल्लाका मात्रै होइन राजधानीलगायत अन्य जिल्लाका पनि सयौं आन्तरिक पर्यटकहरुको ठूलो लर्को सुनकोसीको कृत्रिम ताल हेर्न गइरहेको दृश्य देखिने गरेको छ ।

स्वदेशी र विदेशी गरी दैनिक ५ हजार बढी आन्तरिक र बाह्य पर्यटक सुनकोसीको ताल हेर्न आउने गरेको स्थानीय नेत्र पौडेलले जानकारी दिए ।
ताल जतिबेला पनि फुट्न सक्ने खतरा भए पनि ताल हेर्न आउनेहरु जोखिम मोलेरै भए पनि तालमा आइरहेको ताल खुलाउने काम गरिरहेका नेपाली सेनाका अधिकारीहरुले जानकारी दिएका छन् ।

जोखिम भएको भन्दै स्थानीय प्रशासनले खाडीचौरदेखि नै यातायातका साधनमा रोक लगाएपछि ताल हेर्न आउनेहरु लामोसाँधु जिरी सडकहुँदै नेपाल विद्युत प्राधिकरण सुनकोसी जलबवद्युत केन्द्र परिसरबाट तालसम्म पुगिरहेका छन् । उक्त पहिरोमा १५६ जना भन्दा बढीको मृत्यु भएको थियो सयौं परिवार विस्थापित भएका छन् ।
राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us