काठमाण्डु, २६ साउन–उपचारका क्रममा शनिबार राति भारतको नयाँदिल्लीमा निधन भएका लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीर आज
काठमाण्डु ल्याइने भएको छ ।
यसअघि हिजै ल्याइने भनिए पनि सरकारी प्रक्रियामा ढिलाइ भएका कारण उनको पार्थिव शरीर आज स्वदेश ल्याउन लागिएको हो ।
शव एयर इन्डियाको जहाजबाट दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने पारिवारिक श्रोतले जनाएको छ ।
उनको पार्थिव शरीरलाई एयरपोर्टबाट सिनामंगल हुँदै, तिनकुने, नयाँबानेश्वर, माईतीघर सिंहदरबार भएर कमलादीस्थित प्रज्ञाप्रतिष्ठान पुर्यािइने छ ।
श्रद्धाञ्जलीको लागि प्रज्ञाप्रतिष्ठानमा दुई घण्टा राखेर कमलपोखरी, ज्ञानेश्वर, रातोपुल र गौशाला हुँदै साँझ पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने चलचित्र विकास कोषले जनाएको छ ।
प्रधानमन्त्री सुशील कोईराला श्रेष्ठप्रति श्रद्धाञ्जली दिन प्रज्ञाप्रतिष्ठान पुग्नेछन् । ४९ वर्षीय श्रेष्ठको बोनम्यारो क्यान्सरका कारण भारतको एपोलो अस्पतालमा निधन भएको थियो ।