समानान्तर कमिटी नबनाउने भट्टराईको प्रतिबद्धता

काठमाण्डु टुडे २०७१ साउन २५ गते १४:३९ मा प्रकाशित

काठमाण्डु, २५ साउन– एकीकृत नेकपा माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्ष जिल्ला जिल्लामा जारी समानान्तर कमिटि गठन प्रक्रिया रोक्न baburamसहमत भएको छ ।
पार्टीभित्र जारी विवाद समाधानको प्रयासमा आइतबार भट्टराई निवास सानेपामा बसेको वैचारिक व्यवस्थापन समितिको बैठकमा भट्टराईले समानान्तर कमिटी गठन रोक्ने प्रतिबद्धता जनाएका हुन् ।

यस्तै संस्थापनले समानान्तर कमिटी बनाउन संलग्नमाथि तत्काल कारबाही नगर्ने भएको छ । बैठकले समानान्तर कमिटीबारेको विवाद मिलाउन वर्षमान पुनको नेतृत्वमा गठित कार्यदललाई सक्रिय बनाउने समेत निर्णय गरेको छ ।

बैठकमा भएका सहमति अनुमोदनका लागि मंगलबार स्थायी समितिको बैठक बोलाइएको छ । पार्टी प्रशिक्षणका सिलसिलामा जिल्लाजिल्ला पुगेका स्थायी समिति सदस्यहरुलाई सोमबार राजधानी आइपुग्न निर्देशन दिइएको छ ।
काठमाण्डु टुडेसँग कुरा गर्दै उपाध्यक्ष नारायणाजी श्रेष्ठले छलफल सकारात्मक भएको बताए । उनले शीर्ष नेतृत्व राष्ट्रिय राजनीति र कम्युनिष्ट आन्दोलनमा देखिएको चुनौतीको सामाना गर्न पार्टी एकताबद्ध हुनुको विकल्प नरहेको निष्कर्षमा पुगेको बताए ।

‘छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको छ’, श्रेष्ठले आइतबार राति भने, ‘राष्ट्रिय राजनीति र कम्युनिष्ट आन्दोलनमा देखिएको चुनौतीको सामाना गर्न पार्टी एकताबद्ध हुनुको विकल्प नरहेको निष्कर्षमा हामी पुग्यौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us