दाङ, २५ साउन– एकीकृत माओवादीको जारी विवाद समाधानको प्रयासमा केन्द्रमा शीर्ष नेताबीचको छलफल सकारात्मक बनेकै बेला जिल्ला
जिल्लामा भने सानान्तर कमिटी निर्माणलाई तीव्रता दिएको छ ।
पछिल्लो पटक भट्टराई पक्षले आइतबार दाङमा समानान्तर कमिटी गठन गरेको हो । दाङमा थारुवान राज्य समिति सदस्य धीरज शेर्पाइलीको संयोजकत्वमा समानान्तर कमिटी गठन गरिएको हो ।
समितिले नयाँ शक्ति प्रवाहीकरण समितिको नाम दिइएको छ । उक्त समितिले गाउँदेखि, क्षेत्र र जिल्लाभर नयाँ शक्तिबारे प्रचार–प्रसार गर्ने जनाएको छ ।
नयाँ शक्तिका विषयमा जनताहरुलाई जानकारी गराउन क्षेत्र नम्बर-१ मा नरेन्द्रमान केसी, रामलाल खनाल, क्षेत्र नम्बर–२ मा रमेश हिताङगी, प्रमोद मगर र संगम, क्षेत्र नम्बर–३ मा आँधी र महेश मल्ल, ४ नम्बरमा ध्रुव आचार्य, कृष्ण बैरागी र आकाश डाँगी तथा क्षेत्र नम्बर–५ मा महेश वली र गोविन्द भण्डारीको संयोजकत्वमा नयाँ शक्ति विचार समूह गठन गरिएको छ ।