म नभएकाे भए माओवादीले ज्ञानेन्द्रलाई नारायणहिटीबाट घोक्र्याउँथे: कटवाल

काठमाण्डु टुडे २०७१ साउन २५ गते १४:०७ मा प्रकाशित

गणतन्त्र घोषणाको दिन । अन्तरिम संविधानमा संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र अन्त्य हुने प्रावधान पहिल्यै राखिएको थियो । rukmangdaमाओवादीले नानाथरि उत्ताउला र उग्र कुरा ल्याइरहेका थिए । कुलबहादुर पनि मलाई सुनाइरहन्थे- माओवादीलेदरबारमै छिरेर राजालाई घोक्रयाउँछन्, हजुरलाई गाह्रो पर्ने भयो ।

माओवादीले गणतन्त्रको नाममा २०६५ जेठ १५गते दरबारभित्रै पसेर परेड खेल्ने दाउ गरेको थियो । ‘दरबारमा माओवादीमार्चपास, म कुनै हालतमा हेर्न सक्दिनँ,’मैले आदेश दिएँ, ‘कोही जबर्जस्तीनारायणहिटीको गेटबाट पस्न खोज्यो वा पर्खाल चढ्यो भने .. ।’

संविधानसभाले गणतन्त्रको औपचारिक घोषणागरेपछि सभामुख सुवासचन्द्र नेम्वाङसहितको टोली नारायणहिटी आएर समारोह गर्नेकार्यक्रम बनेको थियो । दुई/चार दिनदेखि केही माओवादी कार्यकर्ता निकैउत्ताउला बनिरहेका थिए । अरू पार्टीका अपरिपक्व नेता-कार्यकर्ता पनि धेरैचुमुकचुमुक भइरहेका थिए ।

बिएकुमार (कानुन हेर्ने जर्नेल) लाईसभामुखसँग भेट्न पठाएँ । सहपाठी नेम्वाङसँग प्रस्ट कुरा राख्न सजिलो हुनेठानेर बिएलाई पठाएको थिएँ ।  डयुटी लिएको ठाउँमा नेपाली सेनाका सिपाहीराइफल फालेर भाग्दैन भन्ने सन्देश मैले माओवादीकहाँ पनि पुर्‍याएँ । तैपनिमाओवादी विद्यार्थी, मजदुर, युवा लगायतका संगठन ‘दरबारभित्र पस्ने, ज्ञानेन्द्रलाई घोक्रेठ्याक लगाउने’भनिरहेका थिए । उनीहरूजत्तिकैक्रान्तिकारी देखिन कांग्रेस, एमालेका केही युवा पनि यस्तै लहैलहैमा लागेकाथिए ।

विभिन्न स्रोतबाट पद्मरत्न तुलाधर, दमननाथढुंगाना, नीलाम्बर आचार्य लगायतलाई सन्देश पठाएँ । ‘संसदले गरेको वैधानिकनिर्णय सेनापति र सेनाले शिरोपर गर्छ,’मैले उहाँहरूलाई भनेँ, ‘माओवादीकोहुल अराजक भएर नारायणहिटी आयो भने सिपाहीले आˆनो डयुटी गर्छ, टुलुटुलुहेरेर बस्दैन ।’ मैले गिरिजाबाबुलाई पनि यो अवस्थाको जानकारी गराएँ ।हामीले जेठ १४ देखि नै दरबार वरिपरि क्यामरा, बख्तरबन्द गाडी लगायत सुरक्षाउपकरण तैनाथ गर्‍यौं ।

राजा ज्ञानेन्द्रले नारायणहिटी छाडेरनागार्जुन जंगलमा सर्ने दिन आयो । मलाई व्यक्तिगत रूपमा ज्यादै सकस भइरहेकोथियो । आफैंले गाडी हाकेर राजा-रानी बिदा भए । गाडीबाट हात हल्लाउँदैहाँसी-हाँसी गए । राजगद्दी त्याग्नुपर्दा राजा अलिकति पनि हतासिएको देखिएन। शाह वंशको इतिहास मेटियो, नेपालको इतिहास फेरियो । राजाको मुहारमा कुनैदुःख, पीडा, वियोग, बैराग झल्केन ।

राजाको आत्मविश्वास देखेर म कायल भएँ। नागार्जुन दरबार पठाउनु पनि राज्यका तर्फबाट पूर्वराजालाई सम्मान हो ।त्यसका लागि ठूलै लडाइँ लड्नुपरेको थियो । गणतन्त्र कार्यान्वयनमा कामगरिरहेको गृह मन्त्रालयको दाउ राजा-रानीलाई निर्मल निवास पठाउने थियो ।

प्रधानमन्त्रीलाई मैले भेटेरै भनेको थिएँ, ‘निर्मल निवास कुनै हालतमा हुँदैन ।’ यस विषयमा प्रधानमन्त्रीसँग मेरोनिकै गर्मागर्मी भयो । लामो विवादपछि पूर्वराजाको हैसियतले नागार्जुनउपलब्ध गराउन सरकार राजी भएको हो । नारायणहिटी दरबारबाट मुमा बडामहारानीरत्न र त्रिभुवनकी भित्रिनी सरलादेवी मानन्धरलाई पनि निकाल्ने निर्णय भएकोथियो ।

रत्न सरकार ‘महेन्द्र मञ्जिल’मा बस्नुहुन्थ्यो । सरलादेवीको अलग्गैनिवास छ भन्ने थाहा थियो । दुवै असी नाघिसकेका । पूर्वरानी भन्ने बिर्सिएपनि दुवै वरिष्ठ नागरिक । एडिसीबाट मैले पाएको जानकारीअनुसार मुमा बडामहारानी सरकारको ‘महेन्द्र मञ्जिल’सँग भावनात्मक सम्बन्ध थियो । महेन्द्रसँगको सम्झना त्यो दरबारसँग जोडिएको रहेछ ।

विश्वेश्वरप्रसाद कोइरालाले नै लेख्नुभएकोछ- त्रिभुवनको इच्छाविपरीत युवराजाधिराज महेन्द्रले रत्नलाई बिहे गरे । त्यसपछि नै ‘महेन्द्र मञ्जिल’बनेको हो । मैले सुनेअनुसार दरबार परिसरमै भएपनि सबै खर्च रत्नका बुवा हरिशमशेरले बेहोरेका हुन् । एकथरी गणतन्त्रवादीबल प्रयोग गरेरै पनि दुबैलाई निकाल्ने पक्षमा थिए । यस्तो ‘अति’गर्नेप्रवृत्ति नेता, मन्त्रीभन्दा कर्मचारीमा देखिँदोरहेछ । त्यही कारण भारतमाब्युरोक्रेसीको उल्था गर्दा ‘नोकरशाही’भनिएको होला ! दुवै विधवालाई ननिकाले गणतन्त्र अधुरो हुन्छ भनेर उत्ताउलो हुनेमा मुख्यसचिव, केही सचिव रहेको सुनेँ ।

कटवालको प्रकाशोन्मुख आत्मकथाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us