छोरालाई खुकुरी प्रहार गर्ने पक्राउ

काठमाण्डु टुडे २०७१ साउन २५ गते १२:०३ मा प्रकाशित

सर्लाही , २५ साउन – आफ्नै छोरालाई धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा मुर्तिया गाबिस–३ बस्ने ६३ बर्षीय रमेश थापालाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले साउन २४ मा मादक पदार्थ सेवन गरी छोरा ४३ बर्षीय दिपक थापालाई बिबाद भएको बिषयलाई लिई खुकुरीले टाउँकोमा प्रहार गरी घाईते बनाएका थिए ।

घाईतेलाई उपचारार्थ नमुना अस्पताल हरिवन लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us