तराईका केही सशस्त्र समूहद्वारा वार्ता अस्वीकार

काठमाण्डु टुडे २०७१ साउन २५ गते २:५४ मा प्रकाशित

काठमाण्डु, २५ साउन– संवैधानिक राजनीतिक तथा संवाद समिति मातहतको प्रारम्भिक वार्ता उपसमितिले पूर्वी तथा मध्य तराईका भूमिगत सशस्त्र समूहसँग आज वार्ता गर्दैछ ।
यसअघि हिजोका लागि तय भएको वार्ता केही समूह सम्पर्कमा नआएका कारण आजका लागि स्थगित भएको थियो । जनकपुरमा हुने वार्तामा १० भन्दा बढी समूह सहभागी हुने सउपसमिति संयोजक काँग्रेस सभासद् आनन्दप्रसाद ढुंगानाले जानकारी दिए ।

उनका अनुसार केही समूहले भने समितिले पठाएको पत्रको भाषामा आपत्ति जनाउँदै वार्तामा बस्न अस्वीकार गरेका छन् । भावी संविधानमा सुझाव लिन समितिले सशस्त्र समूहसँग वार्ता अघि बढाएको हो ।
यसअघि पूर्वी पहाडी जिल्लामा सक्रिय सशस्त्र समूहसँग इलाममा वार्ता गरेको समितिले यसपछि पश्चिम पहाडका समूहसँग नेपालगञ्जमा वार्ता गर्ने कार्यतालिका छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us