कुष्ठरोगी आमालाई छोराले घर निकाला गरे

काठमाण्डु टुडे २०७१ साउन २५ गते २:४३ मा प्रकाशित

काठमाण्डु, २५ साउन– बुढेसकालका सहारा मानिन्छन् सन्तान । तर, तिनै सन्तानका कारण वृद्ध बा-आमा बेसहारा भएको सुन्दा कसको चित्त नदुख्ला ।
बुढेसकालमा चिसो–चासो सोध्लान, स्याहारसुसार गर्लान् भनेका सन्ताले उल्टो घर निकाला गरी दिएपछि बर्दियाकी एक वृद्धा बिचल्लीमा परेकी छन् ।
म्गरागढी–२ पत्थरडाँडाकी ६२ वर्षकी सोनपतिया थारु छोराबुहारीकै कारण बुढेशकालमा बेघर भएकी छन् । सोनपतिया कुष्ठरोगबाट संक्रमित छिन् । ‘सँगै बसे रोग सर्छ भन्दै छोरा बुहारीले घर निकाला गरे’ सोनपतियाले भनिन् ‘रोग सर्छ भन्दै बुहारीले सँधै हेला गर्थी । अहिले आएर घरबाटै निकाली ।’

सँगै बस्दा छोराबुहारीको कचकच सहन नसकेर आफूले तीन वर्षअघि विष सेवन गरेर आत्महत्या गर्ने प्रयाससमेत गरेको उनले सुनाइन् ।

६२ वर्षकी वृद्धा सोनपतिया कुष्ठरोगका कारण हिंड्न सक्दिनन् । घस्रेर यताउति गर्छिन । समयमै उपचार नपाउँदा अंगभंग हुन पुगेकी उनको अहिले हातखुट्टाले पनि काम गर्दैन ।
राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us