काठमाण्डु, २५ साउन– नेपाली चलचित्रका लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको छ ।
भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा उनको गएराति निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
निर्देशक आकाश अधिकारीले श्रेष्ठको निधनको पुष्टि गर्दै पारिवारिक सदस्यका साथ आफू पनि दिल्ली जान लागेको बताए ।
विवाहपछि श्रीमती स्वेता खड्काका साथ हनिमुन मनाउन भारत गएका श्रेष्ठलाई निमोनिया भएपछि गत असार २७ गते अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठ र नायिका समेत रहेकी खड्का महिना मात्र विवाह बन्धनमा बाँधिएका थिए ।
श्रेष्ठ २०४५ सालबाट नेपाली चलचित्रमा प्रवेश गरेका थिए । चलचित्र नाताबाट नयाकको भूमिका सुरु गरेका उनले आफन्त, आफ्नो मान्छे, ए मेरो हजुर, बरपिपलजस्ता एक सभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।
उनले आफ्नै लागनीमा बनाएको चलचित्र कोहिनुर शुक्रबारदेखि प्रदर्शनमा छ । अस्वस्थताकै कारण उनी चलचित्र प्रदर्शनीमा सहभागी हुन पाएका थिएनन् ।