काठमाण्डु, २३ साउन–प्रहरीले राजधानीका अन्य गुण्डामाथि निगरानी बढाइरहेको छ ।
गुण्डा नाइके दिनेश अधिकारी चरी प्रहरीसँगको मुठभेडमा मारिएको भोलिपल्ट बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले अरु गुण्डामाथि पनि प्रहरीले निगरानी बढाइरहेको बताएका हुन् ।
राजधानीमा गुण्डागर्दी मौलएको उनको दाबी छ । फरार अपराधी खोज्ने प्रक्रियामा उपत्यकामा ठूलो संख्यामा प्रहरी टोली खटिएको उनको भनाइ छ । कार्कीले निगरानी बढाइएका अन्य गुण्डाको नाम भने खुलाउन चाहेनन् ।
अन्नपूर्ण पोस्ट दैनिकबाट