राप्रपा विवाद सर्वोच्च पुग्यो

काठमाण्डु टुडे २०७१ साउन २२ गते १७:४३ मा प्रकाशित

काठमाण्डु, २२ साउन- राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले आफूलाई अध्यक्ष कायम गरिपाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

lokendraपशुपति शमशेर जवरा अवैधानिक अध्यक्ष रहेकाले उनलाई अवैध घोषणा गर्दै बिहीबार आफूलाई अध्यक्ष कायम गर्न माग गरेका हुन् ।

राप्रपा र जनशक्ति पार्टीबीच एकता महाधिवेशनका बेला भएको सहमतिअनुसार सूर्यबहादुर थापापछि आफू अध्यक्ष हुनुपर्नेमा षड्यन्त्रपूर्वक राणालाई अध्यक्ष घोषणा गरिएको आरोप उनको छ ।
चन्द र राणा दुवैले आफूलाई आधिकारिक अध्यक्ष भएको दाबी गर्दै आएका छन् । चन्दले यसअघि आफूले आधिकारिकता माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

तर आयोगले राणा पक्षलाई नै आधिकारिकता दिएपछि चन्द सर्वोच्च पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us