काठमाण्डु, २२ साउन – गुण्डानाइके दिनेश अधिकारी ‘चरी’को शव पोष्टमार्टम हुन सकेको छैन ।
आफन्तहरुले ‘फेक इन्काउन्टर’ गरेको भन्दै आपत्ति जनाएपछि उनको पोष्टमार्टम हुन सकेको छैन ।
बुधबार मारिएका चरीको शव परिवारले बुझ्न अस्वीकार गरेका छन् । सुनियोजित हत्या भएको भन्दै आफन्त र समर्थकहरु अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन् ।
महाराजगञ्ज प्रहरी प्रमुख डीएसपी सानुराम भट्टराईका अनुसार विरोधमा उत्रीएकासँग वार्ता गरेर शव बुझाउने प्रयास भइरहेको छ ।