
काठमाण्डु, २२ साउन – एमाले सभासद राजेन्द्रप्रसाद पाण्डेले बुधबार मारिएका दिनेश अधिकारी ‘चरी’को मृत्यु गैरन्यायिक हत्या भनेका छन् ।
धादिङ क्षेत्र नं ३ का सभासदसमेत रहेका पाण्डेले बिहिबार व्यवस्थापिका – संसद बैठकमा प्रहरी प्रशासनमाथि यस्तो आरोप लगाएका हुन् ।
उनले प्रहरी संगठित हत्या गर्ने समूह भएकोसमेत दावी गरे । आठवटा गोली लागेको घटनास्थलमा १ थोपो रगत नभएको दृश्यलाई उदृत गर्दै उनले यो कस्तो इन्काउन्टर हो ? भन्ने प्रश्न गरेका छन् ।
‘चरी’ छद्म नाममा राजधानी लगायत आसपासमा गुण्डाराज फैलाउँदै आएका दिनेश प्रहरीको ‘मोष्ट वान्टेड’ हुन् ।
उनीमाथि ज्यान मुद्धा, फिरौती उठाउने, अपहरणजस्ता विषयमा प्रहरीले खोजीरहेको थियो ।
चरी धादिङ क्षेत्र नं १ का क्षेत्रीय उपाध्यक्षसमेत हुन् ।