गोरखा, २२ साउन– गोरखाको क्षेपेटारमा बिहीबार बिहान भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा अरु १६ जना घाइते भएका छन् । छेपेटारबाट सदरमुकाम गोरखा बजारतर्फ जाँदै गरेको ग १ ज ९२९२ नम्बरको जीप स्थानीय सिर्जखोलामा अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये गम्भीर अवस्थाका तीन जनालाई काठमाण्डु पठाइएको र अन्यको जिल्ला अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।