आठ सन्तानका बाबु भन्छन्, ‘सन्तान ईश्वरको बरदान सके जति जन्माउँछु’

काठमाण्डु टुडे २०७१ साउन २२ गते २:०८ मा प्रकाशित

काठमाण्डु, २२ साउन– सिन्धुली को ग्रामिण क्षेत्रका महिला तथा पुरुषमा स्थायी बन्ध्याकरणप्रति आकर्षण बढ्न सकेको छैन ।
परम्परागत अन्धविश्वास र शैक्षिक चेतानको अभावका कारण सन्तानको रहर पुगिसकेका पुरुष तथा महिला स्थायी बन्ध्याकरणप्रति आकषिर्त हुन नसकेको स्थानीय बासिन्दा बताउँछन् ।
उनीहरुका अनुसार ग्रामीण क्षेत्रमा धेरैजसो दम्पत्तिमा जति धेरैसन्तान जन्मिए पनि धेरै सन्तान जन्मिए पनि ईश्वरले दिएकाे हात थाप्ने भन्ने चलन यथावत छ ।
दुधौली गाविस ४ का कालला अधिकारी आफ्ना ८ सन्तान ईश्वरले नै हात थापेर जन्मिएको बताउँछन् । ४२ वर्षका अधिकारीले भने-’अझै कति जन्मिने हुन थाहा छैन् ।  म र मेरी श्रीमती स्थायी बन्याकरण गर्ने सोचमा छैनौं ।’
धेरै सन्तान हुँदा पालनपोषणमा समस्या आएको स्थानीय बताउँछन् । कमलामाइ नगरपालिका ३ का वीरबहादुर परियारले भने-’हुर्काउन गाह्रो,पछि त कुनै न कुनै काम गरेर बाँचिहाल्छन् नि ।’
जिल्ला जनस्वास्थ्य कार्यालयले पनि वाषिर्क लक्ष्यअनुसार काम गर्न नसकेको बताएको छ । चेतना अभावका कारण आफूहरुले सोचेजस्तो प्रगति गर्न नसकेको कार्यालयका परिवार नियोजन अधिकृत शेरबहादुर कालीकोटेले बताए ।

गाेरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us