काठमाण्डु, २२ साउन–एमाओवादी नेता तथा बाबुराम भट्टराईले केन्द्रीय कमिटीलगायतका पार्टी संरचना नै अवैध भएको बताएका छन् ।
विराटनगर सम्मेलनको निर्णय आफूलगायतका थुप्रै नेताले अस्वीकार गरेकाले संस्थापन पक्षले मनोमानी रुपमा गठन गरेका कमिटीको वैधानिकता नरहेको उनको भनाइ छ ।
अध्यक्ष पुष्पकमल दाहालले एकलौटी रुपमा गठन गरेका कमिटीमा आफू नरहेको उनले प्रष्ट पारे ।‘दाहालले एकलौटी रुपमा कमिटीहरु बनाउनुभयो । त्यसलाई हामीले अस्वीकार गर्दै आएका छौं । त्यसैले ति कमिटीको वैधानिकता छैन्’ उनले बुधबार भने ।
भट्टराई सवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति पनि हुन् । अध्यक्ष दाहालले आफ्नो विचार पक्षमा रहेका केही नेतालाई सहमतिविनै विभिन्न कमिटीमा राखेको उल्लेख गर्दै पछिल्लो कारबाही हास्यास्पद भएको बताए ।
एमाओवादीको स्थायी समितिले गत सोमबार समानान्तर कमिटीहरु गठन गरेको भन्दै भट्टराई पक्षीय केन्द्रीय सदस्यद्धय गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई क्रमशः तीन र एक महिनकाा लागि निलम्बन गरेको थियो ।
टोपबहादुर रायमाझी र देबेन्दै पौडेल सुनिललाई लगातार ३ बैठकमा अनुपस्थित भएको भन्दै स्थायी समितिबाट हटाइएको थियो ।
कान्तिपुर दैनिकबाट