भारतीय माओवादी थर्काउन नेपालको संसद प्रयोग गरे मोदीले

काठमाण्डु टुडे २०७१ साउन १९ गते ८:४६ मा प्रकाशित

नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भएदेखि नै उनले छिमेकी मुलुकबीचको सम्बन्धलाई महत्व दिंदै आएका छन् । उनले आफ्नो सथपग्रहण Ram Karkiसमारोहमा सार्क क्षेत्रका सरकार प्रमुखलाई निम्त्याएर पहिल्यै त्यो सन्देश दिन सफल भएका थिए । प्रधानमन्त्री निर्वाचित भएको पहिलो तीन महिनामै उनले दक्षिण एसियाका दुई देशको भ्रमण गरिसके । पहिला भुटान र अहिले नेपालको । जबकी यति नजिकमा भएर पनि भारतका प्रधानमन्त्रीले १७ वर्षसम्म नेपालको भ्रमण गरेनन् । यसले उच्चस्तरको राजनीतिक सम्बन्ध स्थापित हुनै सकेन । त्यसको फलस्वरुप भारतको नेपाल मामला कर्मचारीको तजबिजमा चल्न गयो । मोदीको यो भ्रमण द्विपक्षीय सम्बन्धलाई राजनीतिक बाटोमा लैजानका निम्ति हो । त्यसमा उनी सफल पनि देखिए । नेपालको संसदमा बोल्ने क्रममा उनले राजनीतिक सम्बन्ध स्थापित गर्नका लागि खुला र स्पष्ट आह्वान गरे ।

माेदीले सम्बोधनका क्रमममा धेरैजसो आफ्नै ‘इन्ट्रेस्ट’ को कुरा गरे पनि नेपाललाई छोएर बोले । नेपालको संसदमा बोलिरहँदा उनको दिमागमा भारतीय माओवादीहरुले घर गरिरहेको संकेत बुझ्न सकिन्थ्यो । नेपालका माओवादीहरुलाई भनेको जस्तो गरेर उनले सांकेतिक रुपमा भारतीय माओवादीलाई लक्षित गरेर अभिव्यक्ति दिए । उनले भने कि हिंसामा विश्वास गर्ने संसारभरका गुटहरुले युद्धबाट बुद्धतिर र सशस्त्रबाट शास्त्रतिर उन्मुख नेपालको राजनीतिबाट सिक । यो उनले अरुलाई होइन, वर्षौंदेखि आन्दोलन गर्दै आएका भारतीय माओवादीलाई लक्षित गरेर भनेका हुन् । मोदीले नेपालको समस्याका बारेमा पनि बोले । उनले नेपाली नेता र दलहरुलाई मज्जैले अर्ती उपदेश दिए । उनले संविधान निर्माणका सन्दर्भमा नेपाली नेताहरुलाई सम्बोधन गर्दै एउटा शब्द प्रयोग गरेका थिए, ऋषिमन लिनुस् । पहिला ऋषिमन लिन सक्नुभएन । त्यसकै कारण संविधान बनेन् । योपटक त्यस्तो नहोस्, उनको स्पष्ट सन्देश थियो ।

ऋषिमन भनेको ऋषिकोजस्तो मन भनेको हो । त्यो भनेको दुरदर्शी दृष्टिकोणका साथ आफ्नो स्वार्थभन्दा माथि उठेको मन हो । मोदीले संविधानले हिमाल, पहाड र तराई जोड्नुपर्छ भनेका छन् । त्यो भनेको संघीयतालाई जसरी अथ्र्याइँदै, छ त्यो ठीक छैन भन्ने हो । अहिले बहसमा रहेको संघीयताले हिमाल, पहाड र तराईलाई जोड्ने होइन, बरु सम्बन्धमा अझै फाटो ल्याउन सक्न भन्ने उनको सन्देश हो । बाँही रह्यो नेपालको कुरा । नेपालले उनले भनेका कुरालाई कसरी लिएर अघि बढ्न त्यसकै आधारमा भारतसँगको राजनीतिक सम्बन्ध स्थापित हुनेछ ।
मोदीले नेपाल बसाइका क्रममा नेपालीका भावना जित्न सफल भएका छन् ।

उनले भनेका छन्, कि नेपाल र भारतको सम्बन्ध हिमालय पर्वत र गंगाजत्तिकै पूरानो छ भनेर नेपाल र भारत नजिक रहेको बताए । नेपालमा र विदेशमा पनि बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने अभियान नै चलेको छ । केही भारतीय उट्पट्याङहरुले बेलाबेलामा बुद्ध भारतमा जन्मिएको भन्ने हल्ला चलाउँदै आएका छन् । मोदीले प्रष्ट रुपमा भनेकी बुद्ध नेपालमै जन्मिएका हुन् । हाम्रो बुद्धलाई हाम्रोभन्दा खुसी हुनुपर्ने अवस्था छ । यसमा मोदी सफल भए । सरकारले सुरक्षाका नाममा सर्वसाधारणलाई बाटो हिंड्नै नदिने काम गरेको छ । तर मोदी निर्धक्कसँग सडकमा ठमठम हिंडेर सर्वसाधारणसँग हात मिलाए । उनले सडकमा निस्किएर सामान्य नेपालीसँग भेटे । यसले उनीभित्र रहेको आत्मश्विास झल्किन्छ । मोदीले यस्तो व्यवहार देखाएर म नेता मात्र होइन, राजनेता पनि हुँ भन्ने सन्देश दिन खोजेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us