इजरायल र हमासबीचको युद्धविराम भंग, सैन्य कारबाहीमा ५२ को मृत्यु

काठमाण्डु टुडे २०७१ साउन १७ गते ५:५५ मा प्रकाशित

काठमाण्डु, १७ साउन– गाजाको दक्षिणी क्षेत्र रफामा इजरायली सेनाले गरेको कारबाहीमा ५३ प्यालेष्टिनीको ज्यान गएको छ ।

palesteni
कारबाहीमा अरु २ सयभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । संयुक्त राष्ट्रसंघ र अमेरिकाको पहलमा ७२ घण्टे युद्धविराम घोषणा भएको केही घण्टामै इजरायलले सैन्य कारबाही गरेको हो ।

इजरायलले हमासले युद्धविराम सम्झौताविपरीत काम गरेकाले आक्रमण गरेको जनाएको छ । इजरायली आरोपको हमासले खण्डन गरेको छ । हमासको आक्रमणमा परी गाजामा आफ्ना दुई सैनिक मारिएकाले युद्धविराम भंग भएको इजरायलको भनाइ छ ।

हमासले बनाएको सुरुङ भत्काउने क्रममा भएको आत्मघाती हमलामा ती सैनिक मारिएको इजरायलले जनाएको छ । आफ्ना केही सैनिक हराइरहेको र उनीहरुलाई हमास लडाकुले अपहरण गरेको आरोप इजरालले लगाएको छ ।

अमेरिका र संयुक्त राष्ट्रसंघको आग्रहमा दुवै पक्ष शुक्रबार बिहान ७२ घण्टाका लागि युद्धविराम गर्न सहमत भएका थिए ।

गत ८ जुलाइबाट इजरायलले सुरु गरेको सैन्य कारबाहीमा १४ सय प्यालेष्टनी मारिएका छन् । यस्तै त्यस क्रममा ६३ इजरायलीको ज्यान गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us