घुस लिंदालिंदै आयोजना प्रमुखसहित ५ रङ्गेहात पक्राउ

काठमाण्डु टुडे २०७१ साउन १५ गते १०:०८ मा प्रकाशित

काठमाण्डु , १५ साउन –  सहरी भवन निर्माण तथा सम्भार डिभिजन कार्यालय अनामनगरबाट घुस लिंदालिंदै आयोजना प्रमुखसहित ५ कर्मचारीलाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ ।

corruptionअख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले बिशेष सूचनाको आधारमा सेवाग्राहीसँग ५० हजार रुपैयाँ लिंदै गर्दा विशेष भौतिक पूर्वाधार विकास आयोजना प्रमुख उमलानन्द अधिकारी, ईन्जिनियर दीपा श्रेष्ठ पक्राउ परेका हुन् ।

त्यस्तै सहरी भवन बिभाग अन्तर्गतको काठमाण्डु शाखाका उपसचिव सुरेशकृष्ण शर्मा, लेखा अधिकृत यदबहादुर तिमल्सिना र शाखा अधिकृत रोशनकुमार कठायतसमेत पक्राउ परेका छन् ।

उनीहरुलाई अनुसन्धानको लागि अख्तियारको हिरासतमा राखिएको अख्तियार स्रोतले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us