धुन्चे लेकमा चिज उत्पादन सुरु

काठमाण्डु टुडे २०७१ साउन ४ गते ११:२८ मा प्रकाशित

रसुवा, ४ साउन – धुन्चे गाविसको माथिल्लो भागमा हालै स्थापित चिज उत्पादन केन्द्रले आफ्नो उत्पादन कार्य अगाडि बढाएको छ ।

चिज केन्द्र प्रमुख पूर्णबहादुर जिरेलका अनुसार गत वैशाखदेखि सञ्चालनमा आएको पाङ्लेखर्क केन्द्रले अहिलेसम्म चार हजार ५०० केजी चिज र ९०० केजी मक्खन उत्पादन गरी केन्द्रीय भण्डार लैनचौरमा पठाइसकेको छ ।

समुद्री सतहबाट दुई हजार ७४१ मिटरको उचाइमा अवस्थित नयाँ चिज उत्पादन केन्द्रमा दूध दिने चौँरीगाईको सङ्ख्या ५०० पुगिसकेको बताइएको छ । यहाँ ३१ किसान चौँरीपालन कार्यमा संलग्न छन् ।

दैनिक ६०० लिटर दूध उपलब्ध गराएबापत यहाँका किसानलाई मासिक  नौ लाख भुक्तानी हुने गर्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us