आयकर नतिर्ने क्यासिनो सञ्चालकसँग झुक्यो सरकार

काठमाण्डु टुडे २०७१ साउन ३ गते १२:५८ मा प्रकाशित

काठमाण्डु, ३ साउन– अर्थमन्त्री रामशरण महतले सरकारलाई आयकर नतिरेर बन्द भएका क्यासिनो छिट्टै सञ्चालनमा आउने बताएका छन् ।

ramsharanश्रमिकहरुको संस्था युएनआईको चौथो सम्मेलनको राजधानीमा शनिबार उदघाटन गर्दै महतले कर्मचारीको रोजीरोटी जोगाउन सरकार क्यासिनो व्यवसायीसँग छिट्टै वार्ता गर्ने तयारीमा रहेको बताए ।

क्यासिनो बन्द हुँदा त्यहाँ कार्यरत १० हजार बढी कर्मचारी र मजदुर प्रत्यक्ष प्रभावित भएकाले क्यासिनो सञ्चालन गराउन सरकार गम्भीर भएको उनको भनाइ थियो । ‘क्यासिनो बन्द हुँदा १० हजार मजदुर बेरोजगार भएका छन’, महतले भने, ‘केही दिनमै व्यवसायीसँग वार्ता गरेर बन्द क्यासिनो सुचारु गराउने तयारीमा छु ।’

करोडौं आयकर नबुझाएपछि नेपालका विभिन्न पाँचतारे होटलमा सञ्चालित आठ क्यासिनो बन्द छन् ।

पटकपटक ताकेता गर्दा पनि आयकर नतिरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गत वैशाखमा काठमाण्डु र पोखरामा सञ्चालित क्यासिनोहरुको सञ्चालन अनुमति खारेज गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us