बजेटले मधेसलाई उपेक्षा गर्‍यो: मधेसी दल

काठमाण्डु टुडे २०७१ साउन ३ गते १०:५३ मा प्रकाशित

काठमाण्डु, ३ साउन– मधेस केन्द्रित दलका नेताहरुले सरकारले ल्याएको नयाँ बजेटले मधेसलाई उपेक्षा गरेको आरोप लगाएका छन् ।
मिडिया इन्टरनेशनले शनिबार गरेको कार्यक्रममा मधेसी दलका नेताहरुले बजेट मधेसमैत्री नभएको आरोप लगाएका हुन् ।

कार्यक्रममा जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटले तराई मधेश क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाए । यादवले बजेट पहिले जस्तै परम्परागत ढाँचाबाट आएको उल्लेख गरे ।

काठमाण्डु केन्द्रित बजेटले क्षेत्रीय रुपमा विभेद गरिएको बताए । तराई मधेश सदभावना पार्टीकी उपाध्यक्ष रानी तिवारीले मधेश मैत्री बजेट नआएको आरोप लगाइन् । तिवारीले सरकारले ल्याएको नयाँ बजेटमा मधेश क्षेत्रलाई जम्मा १० प्रतिशत मात्र बजेट छुट्याएको भन्दै आक्रोश पोखिन् ।

‘यति धेरै हामी मधेशी छौं, त्यसका लागि जम्मा दश प्रतिशत बजेट छुट्याइएको छ’, तिवारीले भनिन्, ‘यो विभेद नभएर के हो ?’ उनले राजस्व उठाउँदा मधेशबाट धेरै उठाउने तर खर्च गर्दा सबै पहाडतिर गरेको आरोप समेत लगाइन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us