नेप्से परिसूचकमा ३.२५ अंकले घट्याे

काठमाण्डु टुडे २०७१ असार ३१ गते १३:०३ मा प्रकाशित

काठमाण्डु, ३१ असार– लगातार दोस्रो दिन पनि नेप्से परिसूचक ३.२५ अंकले घटेको छ । बजेटको मनोविज्ञानले मात्र नभएर लगानीकर्ताहरु प्रतिफल सुरक्षित गर्न लागेपछि पनि बजार घटेको ब्रोकरहरुले बताएका छन ।

nepseआर्थिक बर्ष अन्त्य भएकोले बिशेषगरी संस्थागत लगानीकर्ताले आफ्नो वित्तीय विवरण तयारीको लागी मुनाफा सुरक्षित गरेको ब्रोकर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नरेन्द्रराज सिजापतिले बताए । नेप्से परिसूचक  १०२५ मा अड्डिएको छ । 

संस्थागत लगानीकर्ताले नै चिलिमेको सेयर बिक्री गरेको कारण बजारमा मंगलवार कम्पनीको ११ करोडभन्दा धेरै रकमको व्यापार भयो । कम्पनीको सेयर मूल्य भने ४५ रुपैयाँले बढेको छ । यही कारण सूचीकृत मध्ये ठुलो हिस्सा ओगट्ने बैंकिङ समूहको सरह नै जलविद्युत् समूहले कारोबार गरेको छ ।
बैंकिङ समूहको यस दिन १९ करोड ३३ लाख र जलविद्युत् समूहको १९ करोड ४८ लाख रुपैयाँको कारोबार भयो । नेशनल हाइड्रोपावर कम्पनीको पनि पाँच करोड रुपैयाँको कारोबार भएको छ ।प्रिमियर इन्स्योरेन्सको म्याचिङ कारोबारबाट मूल्य बढाउने क्रम जारी छ । कम्पनीको १.१५ हकप्रद दिने खबर पछि सेयर आपूर्ती निकै कम हुँदै आएको छ । गत असार १२ गते चार सय २७ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य आठ सय ११ रुपैयाँ पुगेको छ ।

बजार घट्दा पनि एक सय ४२ मा ५८ कम्पनीको सेयर मूल्य भने बढ्यो । प्रिमियर इन्स्योरेन्स कम्पनीको सबेभन्दा धेरैले मूल्य बढ्यो । त्यस्तै, पाथीभरा , तिनाउ बिकास, प्रुडेन्सियल फाइनान्स लगायतको मूलय उच्चले वृद्धि भएको छ । मंगलवार बजारको नेतृत्व भने बीमा र जलविद्युत् समूहले गरे, उत्पादन तथा प्रशोधन मुलक र बैंकिङ समूहको परिसूचक भने घटेको छ ।
मर्जरमा रहेको कारण सेयर रोक्का रहेको किष्ट बैंकको संस्थापक सेयर भने कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको कारोबार गरिएको नेप्सेले बताएको छ । नेप्सेका अनुसार संस्थाहरुले कर्जा सधाउन बैंकको धितोमा रहेको संस्थापक सेयर बेचेको हो । बैंकको एक सय १४ रुपयाँको दरमा एक पटक भएको कारोबारमा एक लाख ५५ हजार कित्ता सेयर किनबेच भएको हो ।
वीजमाण्डुबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us