काठमाण्डु – म्यान्मास्थित नेपाली राजदूतावासमा आइतबार आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी जन्मजयन्ती मनाइएको छ ।
म्यान्मा निवासी नेपाली मूलका नागरिकबीच मनाइएको कार्यक्रमको सुरुमा स्थानीय हिन्दू मन्दिरका धर्मगुरुद्वारा शान्ति वाचन गरिनाका साथै आदिकविको तस्बिरमा पुष्पगुच्छा र माल्यार्पण गरिएको थियो ।
कार्यक्रममा नेपाली राजदूत पारस घिमिरेले आदिकविले त्यतिबेलाको शिक्षामा पछाडि परेको नेपालमा नेपाली भाषासाहित्यको व्यापक प्रचारप्रसार, विकास, प्रवद्र्धन र विस्तार गरी मुलुकको दोस्रो पटक भाषिक एकीकरण गरेको बताउँदै कुनै पनि भाषा, साहित्य कला र संस्कृतिलाई जोगाउनका लागि दैनिक जीवनमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा आदिकविका कविता पाठ गरिनाका साथै घाँसी र भानुभक्तको प्रचलित नाटक पनि मञ्चन गरिएको थियो ।