बालिकालाई छाेएकाे अाराेपमा नेपालीलाई तीन वर्ष जेल !

काठमाण्डु टुडे २०७१ असार ३० गते ३:२१ मा प्रकाशित

कतार-बालिकालाई छोएको अभियोग लागेका रोल्पाका झक्कुप्रसाद ओलीलाई यहाँको तल्लोअदालतले तीन वर्षको सजाय सुनाएको छ ।

कतारको साउदीय हाइपरमार्केटमासेल्सम्यानको काम गर्दै आएका पाखापनी ९, रोल्पाका ३० वर्षीय ओलीलाईबालिकालाई छोएको अभियोगमाथि सुनुवाइ गर्दै जुन २१ मा अदातलले तीन वर्षकोसजाय सुनाएको हो ।

गत मार्च १६ मा साढे ३ बजे मार्केटमा काम गर्नेक्रममा उनलाई प्रहरीले उक्तअभियोगमा पक्राउ गरेको थियो । ओलीले आफूले बालिकालाई नछोएको भन्दैमाथिल्लो अदातलमा अपिल गरेका छन् । ‘म निर्दोष छु । मैले बालिकालाई छोएकोछैन,’ उनले कान्तिपुरलाई भने, ‘अदालतको फैसलाप्रति मेरो चित्त बुझेको छैन ।न्यायका लागि पुनरावेदनमा अपिल गरेको छु ।’

उनले हाइपरमार्केटमा बेसार झिक्ने क्रममा बेसारको प्याकेट खसेर लागेकोबताए । ‘अन्दाजी ९ वर्षकी बालिका मेरो पछाडि उनकी आमासँगै थिइन् । आमालेपहिला तेल मागिन् । त्यो दिएँ । त्यसपछि बेसार मागिन्,’ उनले भने, ‘माथिकोर्‍याकमा राखिएको बेसार झिक्न खोज्दा खसेर बालिकाको कम्मरमुनि लाग्यो ।’

त्यसलगत्तै ती स्थानीय महिलाले बालिकालाई छोएको भन्दै ओलीमाथि हातपातसमेतगरेकी थिइन् । ‘मलाई ३ मिनेटभन्दा बढी एकोहोरो स्थानीय भाषामा गालीगलैजगरिन् । त्यो बुझिनँ । त्यसपछि मेरो पोसाक च्यातिदिइन्,’ उनले भने, ‘गालैगालामा जुत्ता खोलेर पिटिन् । पछि उसको दुई छोराहरू आएर पनि पिट्न थाले ।’

पिटिसकेपछि प्रहरी बोलाएर जिम्मा लगाएको ओलीले बताए । उनले आफूलाई परेकोसमस्याबारे समयमै नेपाली दूतावासलाई जानकारी गराएको बताए । ‘मैलेदूतावासलाई कार्यवाहक राजदूत, श्रम सहचारीलाई फोन गरेर घटनाको विस्तृतजानकारी गराएँ,’ उनले भने, ‘दूतावासमा भेट्न कोही पनि आएनन् । अदालतमामेरोतर्फबाट बहस पैरबी गर्ने समेत कोही भएन ।’

कतारका लागि नेपाली कार्यवाहक राजदूत गणेश ढकालले वकिलसँग छलफल गरेर अगाडिबढ्ने बताए । ‘उहाँलाई सुरुमै भेट्न प्रहरी कार्यालयलाई भनेका थियौं ।उताबाट समय नआएकाले भेट्न सकेनौं,’ उनले कान्तिपुरलाई भने, ‘अपिल गरिहाल्नहामीले भनेका छौं । यसमा हाम्रो सहयोग हुनेछ ।’ ओली गत फेब्रुअरी ११ तारिखशिखर म्यानपावरलाई ९० हजार रुपैयाँ बुझाएर आएका थिए ।

कान्तिपुर दैनिकबाट

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us