चीनबाट पखेटा मगाएर बनाइयो विमान

काठमाण्डु टुडे २०७१ असार २८ गते १४:०२ मा प्रकाशित

विराटनगर, २८ असार– विराटनगर विमानस्थलमा अवतरका क्रममा चरा ठोक्किएर थन्किएको नेपाल वायु सेवा निगमको विमानको मर्मत सकिएको छ ।

nepal airline
चार चिनियाँ र तीन नेपाली प्राविधिक टोलीले  विमान मर्मत गरेको विराटनगरस्थित निगम कार्यालय प्रमुख हिमाल गौतमले जानकारी दिए ।
गत १६ असारमा काठमाण्डुबाट यात्रु लिएर गएको विमान विराटनगर विमानस्थलमा अवतरण गर्न लाग्दा चरा विमानको पखेटामा ठोक्किएपछि चर्किएको थियो ।

प्राविधिकले सो पखेटा हटाएर नयाा पखेटा जडान गरेको र अन्य कतै कुनै गडबडी नरहेको प्रमुख गौतमले बताए ।  विमान उडानयोग्य भइसकेको र  कहिलेदेखि उडान सुरु हुने विषयमा केन्द्रले निर्धारण गर्ने उनले बताए ।  चीनमा निर्मित उक्त विमानको पखेटा चीनबाटै मगाइएको हो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us