काठमाण्डु, २६ असार– अर्थमन्त्री रामशरण महतले आगामी आर्थिक वर्षको बजेटमा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

बजेटमा युवालाई प्राथमिकता दिन माग गर्दै बिहीबार ज्ञापनपत्र बुझाउन अर्थ मन्त्रालय पुगेको काँग्रेस भातृ संगठन नेपाल तरुण दलको टोलीसँग महतले बजेटमा युवा लक्षित स्वरोगजार कार्यक्रमलाई महत्व दिएको बताएका हुन् ।
मुलुक विकासको मुख्य आधार युवा शक्ति भएकाले उनीहरुलाई सरकारले प्राथमिकता दिने उनको भनाइ थियो ।
तरुण दलका कार्यबाहक अध्यक्ष जन्मजय तिमिल्सिना नेतृत्वको टोलीले बुझाएको १२ बुँदे ज्ञापन पत्रमा प्रत्येक युवालाई बिनाधितो ५ लाख ऋण उपलब्ध गराउन, युवा स्वरोजगार कार्यक्रम प्रभावकारी बनाउन र गरिबसँग विश्वेश्वर कार्याक्रमलाई निरन्तरता दिनुपर्ने माग गरिएको छ ।