राजनीतिक अस्थिरताले आर्थिक विकास प्रभावित : सभाध्यक्ष नेम्वाङ

काठमाण्डु टुडे २०७१ असार २५ गते १२:१६ मा प्रकाशित

काठमाण्डु, २५ असार – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले देशको राजनीतिक अस्थिरताको कारण आर्थिक विकास पनि प्रभावित भएको बताएका छन् ।

subasनेपाल चेम्बर अफ कमर्सको ६० औं वार्षिक साधारणसभाको बुधबार उद्घाटन गर्दै उनले देशको विद्यमान राजनीतिक अस्थिरतालाई पूर्णरुपमा अन्त्य गर्न नसक्दा उद्योग, कलकारखानालगायत आर्थिक क्षेत्र प्रभावित भएको उल्लेख गरे ।

समयमा बजेट आउन नसक्नु जस्ता समस्या नेपालको समग्र विकासका लागि बाधक भएको उल्लेख गर्दै उनले यस वर्ष पनि जेठ ३० मा बजेट आउने अपेक्षा गरिए पनि त्यो हुन नसकेको बताए ।

अर्थमन्त्री डा. रामशरण महतले संविधान निर्माणलाई सम्पन्न गरि शान्तिपूर्ण वातावरणमा आर्थिक विकासका लागि लाग्नु वर्तमानको आवश्यकता भएको जानकारी दिए ।

यस वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा अघि बढाइने भन्दै उहाँले परिवर्तनसँगै आर्थिक विकास देशको प्राथमिकतामा रहेको उल्लेख गर्नु भयो ।

वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले उद्योग वाणिज्य क्षेत्रको विकासका माध्यमबाट देशलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले आर्थिक समृद्धिका लागि उद्योग तथा व्यापारको क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेतले देशको आर्थिक विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण योगदान पु¥याएको बताए ।

दोस्रो संविधानसभाले समयमा नै संविधानलाई निष्कर्षमा पु¥याउने र देशलाई आर्थिक समृद्धिको मार्गमा लैजानेतर्फ निजी क्षेत्र विश्वस्त भएको उहाँले बताउनुभयो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us