नेपाल र अाेलीकाे समानान्तर शक्ति प्रर्दशन

काठमाण्डु टुडे २०७१ असार २५ गते ४:१३ मा प्रकाशित

काठमाण्डु, २५ असार -एमालेको जारी महाधिवेशनमा नेतृत्वका उम्मेदवारहरूले शक्ति प्रदर्शन गरेकाछन् । अध्यक्षका दाबेदार माधवकुमार नेपाल र केपी ओली दुवै समूहले मंगलबारसाँझ आ-आफ्नो प्रचारात्मक भेला गरेका हुन् ।

ओली समूह प्रज्ञा प्रतिष्ठानमा र नेपाल समूह जनसांस्कृतिक महासंघको नाटकप्रदर्शनी समारोहको सन्दर्भ पारेर राष्ट्रिय सभागृहमा जम्मा भएका थिए । एकैसमयमा भएको भेलामा ओली र नेपालले आ-आफ्ना समूहलाई सम्बोधन गरे ।जनसांस्कृतिक महासंघको कार्यक्रममा नेपालले पार्टीलाई एकढिक्का बनाएरलैजानुपर्ने बताए । उनले प्रतिनिधिहरूलाई कुनै निर्देशन दिएनन् ।

ओलीले भने नेतृत्व हस्तान्तरणको अभियान असफल भए पार्टी पश्चगामी दिशामाजाने आफ्ना पक्षधरलाई बताए । भेलामा उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वरपोखरेलले आफ्नो पक्षमा अडिग रहन सम्झाएका थिए ।

दुवै पक्षले आ-आफ्नो भेलामा उपस्थित हुन बिहानैदखि प्रतिनिधिहरूलाई एसएमएसगरेका थिए । ओली पक्षले सञ्चारकर्मीलाई समेत बोलाएको थियो । प्यानल घोषणाहुन बाँकी रहे पनि पदाधिकारीमा पर्ने सम्भावित नेताहरूको नाम राखेर दुवैपक्षले मत माग्न थालिसकेका छन् ।

पालैपालो पत्रकार सम्मेलन

दुवै समूहका भेलाअघि महाधिवेशन स्थलमा नेपाल, ओली र गौतमले पत्रकारहरूसँगछुट्टाछुट्टै कुरा गर्दै आफ्नो जित सुनिश्चित भएको दाबी गरेका थिए । ‘सक्षम, गतिशील र क्रियाशीलताका साथ वायुपंखी घोडाको वेगसाथ राष्ट्रलाईकुदाउन सक्ने समूह चाहिन्छ,’ नेपालले भने, ‘अबको ७२ घन्टाभित्र त्यस्तोव्यक्ति र पुस्ता नेतृत्वमा आउँछ ।’ महाधिवेशनबाट आफ्नो विचार पारित भएकोभन्दै उनले नेतृत्व पनि आफ्नै पक्षमा आउने दाबी गरे ।

त्यसअघि ओलीले सर्वसम्मतिका नाममा पुरानै नेतालाई नेतृत्व सुम्पन नसकिनेबताए । ‘१५ वर्ष नेतृत्व गरेर फेरि आफै आउन चाहन्छु भन्नेलाई समर्थन गर्नसकिँदैन,’ उनले भने । नेता नेपालले पत्रकार सम्मेलन गरेलगत्तै त्यहीस्थानमा ओली पक्षका गौतमले आफ्नै पक्षको जित हुने दाबी गरे । ‘भुक्नेकुकुरले टोक्दैन, गर्जने आकाश बर्सिंदैन भन्ने भनाइ छ,’ गौतमले भने, ‘नेतृत्व हस्तान्तरण हुन्छ ।’ उनले अध्यक्ष कुनै पनि पक्षमा नरहेको जिकिरगरे ।

दुवै समूहका नेताहरूले महाधिवेशन स्थलबाहिर पर्चा र कार्ड वितरण व्यापकबनाएका छन् । प्रदर्शनी मार्गको राष्ट्रिय सभागृह नजिक नेपाल पक्ष र आरआरक्याम्पसछेउ ओली पक्षका समर्थकहरूले दिनभर नाचगान गरेका थिए । दुईतर्फकोमाइकको हल्लाले बन्दसत्रै प्रभावित भएको थियो । दोहोरी र अन्य लोकगीतमार्फतउनीहरूले आ-आफ्ना नेतालाई भावी अध्यक्षका रूपमा प्रस्तुत गरे ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us