ई–लाइब्रेरी स्थापनाका लागि नौ लाख सहयोग

काठमाण्डु टुडे २०७१ असार २४ गते १०:३१ मा प्रकाशित

काठमाण्डु – बाग्लुङ काँडेवासको जनजागृति उच्च माविका पूर्व विद्यार्थीले ई–लाइब्रेरी स्थापनाका लागि नौ लाख रुपैयाँ संकलन गरेका छन् ।

elibraryनेपाल बाहिर बिभिन्न देशमा रहेका पूर्व विद्यार्थीले विद्यालयमा ई लाइब्रेरी स्थापनाका लागि रकम संकलन अभियान चलाएका हुन् ।

अहिलेसम्म ९ लाख ६ हजार २ सय ६ रुपैयाँ संकलन भएको डेनमार्कबाट सोमनाथ सापकोटाले जानकारी दिए ।

ई लाइब्रेरी स्थापनाका लागि जापानबाट अर्जुन सापकोटाले ७५ हजार, डेनमार्कबाट सोमनाथ सापकोटाले ५० हजार, कुवेतबाट हिरा दर्लामी, बेलायतबाट अशोक बुढाथोकी, धनबहादुर बुढाथोकी, कृष्ण खरेल, भुवन सापकोटा, नन्दबहादुर, कृष्णप्रसाद सापकोटा, गंगाधर सापकोटा, रेश सलामी,जापानबाट तीर्थनाथ सापकोटा, डिलाराम खरेल, काठमाडौबाट पारस सापकोटा, वेलायतबाट हरि सापकोटा, हङकङबाट यमबहादुर बुढाथोकी, काठमाडौबाट कदम केसी, अष्ट्रेलियाबाट प्रकाश खरेल, स्कटल्याण्डबाट गोविन्द खरेलले जनही २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यसैगरी जापानमा रहेका बाबुराम सापकोटाले २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ । जापानमा रहेकी सुनिता गौतम, वसन्त नेपाली, वेलायतमा रहेका गिरिप्रसाद थापा र तुलानाथ कँडेलले २० हजार रुपैयाँ सहयोग गरेका छन् ।

बेलयतमा रहेका राजेन्द्र थापा काठमाडौमा रहेका ऋषिराम सापकोटा, डेनमार्कबाट जयराज चालिसे, अष्ट्रेलियाबाट नारायण खरेलले १५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

अमेरिकाबाट अर्जुन सापकोटा, रामकृष्ण सापकोटा, बेलायतबाट गंगा गौतम, कृष्ण सापकोटा, जापानबाट यमलाल सापकोटा र भीम केसीले जनही १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

आफूले पढेको विद्यालयमा केही गरौं भनेर अभियान चलाएका हौं ।’ डेनमार्कमा रहेका पूर्व विद्यार्थी सोमनाथ सापकोटाले भने – निकै उत्साहजनक रुपमा सहयोग रकम उठेको छ । १२ लाख पु¥याउने लक्ष्य छ ।’

सापकोटाले अरुले पनि यस्तै अभियान चलाएर आफ्नो गाउँठाउँलाई सहयोग गर्न सुझाव दिए ।

यस्तै जनजागृति उच्च मावि काँडेबासका प्रधानाध्यापक तेजेन्द्र बुढाथोकीले भूतपूर्व विद्यार्थीको कामको सराहना गर्दै अरु भूपू विद्यार्थीलाई पनि शिक्षाको विकासका लागि लाग्न आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us