बेलायत – प्रथम र दोस्रो विश्वयुद्धमा लडेका भूतपूर्व गोर्खा सैनिकको हितमा स्थापना भएको भूतूुर्व गोर्खा सैनिक संघ (गेसो) सम्झनामा रजत जयन्ती मनाएको छ ।
कार्यक्रमलाई गेसोका केन्द्रीय सभापति पदमबहादुर गुरुङ्ग ,उपसभापति कृष्णकुमार राई र रेडिङ्ग ईकाइका अध्यक्ष तिलबहादुर गुरुङ्गले पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरेका थिए ।
कार्यक्रमको सञ्चालन दशरथ राईले गरेका थिए । बेलायतले गरेको गोर्खा सैनिकमाथिको विभेदलाई अन्त्य गर्न यो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
गेसोको आन्दोलनले गोर्खा सैनिकमा कार्यरतहरुलाई र तिनीहरुको १८ बर्ष मुनिका बच्चाहरुलाई बेलायतमा बस्न पाउने अधिकार पेन्सनको बृद्धी जस्ता अधिकारलाई गेसो आन्दोलनले संस्थागत गरेको छ ।
कार्यक्रममा यूके स्वीडेनकी उपाध्यक्ष चन्द्रकला थेबे लिम्बुले गेसो आन्दोलनको चर्चा गरेकी थिइन् ।
बेलायतमा रहेका संपुर्ण संघ सस्थाको तर्फ बाट बोल्दै तमुधीं यूकेका अध्यक्ष कमल गुरुङ्गले गेसो आन्दोलन पदमबहादुर गुरुङ्गको दुरदर्सिताले सफलभएको ठोकुवा गरे ।
गेसोले राम्रो कामगर्दा गर्दै बेलायतका केहि समूहले गेसो र सभापतीलाई बद्नाम गर्ने भएकोले यस्ता भ्रममा नपर्न बेलायतका संघ सस्थाहरुलाई अनुरोध गरे । कार्यक्रममा कवि दयाकृष्ण राईले कविता मार्फत आन्दोलनको मर्म पढेका थिए ।
कार्यक्रमलाई गेसोका संस्थापक महासचिव तथा बर्तमान सल्लाहकार डा. चन्द्र बहादुर गुरुङ्गले बिगतको आन्दोलन र अहिले बेलायतमा कार्यरत गोर्खा सैनिकहरुले बेलायती सरह सुबिधा प्राप्त गर्नु गेसो आन्दोलनको उपलब्धि हो भने ।
गेसो आन्दोलनले नेपालमा अहिले रेमिट्यान्समा ठुलो प्रभाव पारेको छ । यो आन्दोलन राष्ट्रिय आन्दोलन पनि हो ।
गेसोले भर्खरै नेपाल सरकार र बृटीस सरकारलाई २१ बुंदे माग पत्र बुझाएको र त्यो माग पत्रमा सुनुवाई नभएमा नेपाल र बेलायत बिच दैत्य संबन्ध स्थापाना भएको दुई सय बर्षको उपलक्ष्यमा सन् २०१६ मा हुन गई रहेको दोश्रो सत बार्षिकी मनाउन नदिने घोषणा गरे ।
साथै गेसोले ब्रिटीस गोर्खाको इतिहासलाई हजारौं वर्ष सम्म रहने गरी साल्मे डाँडाँमा स्मारक निमार्ण गर्ने जानकारी दिए ।