कृषिमा नयाँ प्रविधी ल्याउँछौ : सचिव खनाल

काठमाण्डु टुडे २०७१ असार २० गते ११:४८ मा प्रकाशित

काठमाण्डु– नेपाललाई कृषिमा आत्म निर्भर बनाउन सरकारले नयाँ प्रविधीको प्रयोगलाई जोड दिने भएको छ ।

jmkपारिवारीक खेति वर्ष २०१४ कार्यन्वयन समितिले ललितपुरको चापागाउँमा गरेको कार्यक्रममा कृषि सचिव एंव पारिवारीक खेती वर्ष २०१४ निर्देशक समितिका संयोजक जय मुकुन्द खनालले निर्वाह मुखी खेती प्रणालीलाई अव व्यवसायिक वनाउने तयारीका साथ सरकार नयाँ प्रविधीको प्रयोगका साथ अगाडी बढेको बताए ।

सरकारले अहिले सहजै कम लगानीमा बढि उत्पादन गर्न सहयोग पुग्ने खालका औजारहरु भित्राउन लागेको हो ।

उनले व्यवसायिक र अर्गानिक खेतीको आधार पारिवारीक खेती रहेकोले यसको अभ्यास महत्वपूर्ण रहनेमा जोड दिए । खनालले नेपालका ७५ वटै जिल्लामा सञ्चालन भैरहेको पारिवारीक खेती वर्षको अभियानले आम नेपाली नागरिकलाई खेती कर्ममा लाग्न प्रेरित गरेको प्रति खुसि व्यक्त गरे ।

यसैविच पारिवारीक खेती वर्ष २०१४ निर्देशक समितिका सदस्य सचिव खेमवहादुर पाठकले जग्गा बाँझो नराख्ने हो भने पनि ३० प्रतिशत भन्दा बढि खाद्य संकट समाधान हुने बताए ।

उनले परिवारको ठूलो रुप एक समुह भएकोले व्यवसायिक खेतिको बाटोमा अगाडी बढेको नेपाल जस्तो देशमा पारिवारीक खेतिवर्षको सान्र्दभिकता रहेकोमा जोड दिए ।

सदस्य सचिव पाठकले अर्गानिक, ताजा र आफ्ना लागी आफै उत्पादन हुने पारिवारीक उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विषेश कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us