बजार व्यवस्थापनका लागि एक रुपैयाँ पचास पैसा

काठमाण्डु टुडे २०७१ असार २० गते ३:१० मा प्रकाशित

सुर्खेत, २० असार– मध्यपश्चिमाञ्चल विकास क्षेत्रको केन्द्रविन्दु मानिने सुर्खेत सदरमुकामको बजार व्यवस्थापनका लागि स्थानीय नागरिक तथा व्यापारी नै आफैं लागिपरेका छन् ।
बजार व्यवस्थापनका लागि प्रतिव्यापारीबाट दैनिक  एक रुपैयाँ पचास पैसा सङ्कलन गर्ने गरिएको छ । सामाजिक सुधार संस्था, भैरव युवा सशक्तीकरण क्लब र वीरेन्द्ररनगर नगरपालिकाको सहजीकरणमा व्यवस्थापनको कार्य गरिएको छ ।

बजार व्यवस्थापनका लागि भैरव युवा सशक्तीकरण क्लबले १६ जना कर्मचारी खटाएको छ, भने ती कर्मचारीलाई व्यापारीबाटै सङ्कलित रकमबाट पारिश्रमिक दिने व्यवस्था गरिएको सामाजिक सुधार संस्थाका अध्यक्ष भद्र भण्डारीले जानकारी दिए ।
बजारको अव्यवस्थित पार्किङस्थल र फुटपाथलाई स्थानीयस्तरबाट व्यवस्थित गर्दै गएपछि बजार व्यवस्थापनमा क्रमिक सुधार हुन थालेको स्थानीयको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us