
महोत्तरी, १९ असार- मटिहानी-१ का जुगल केवट २०१५ सालमा जन्मेका हुन् । तर, २००१ मै फैसला भएकोडाँका मुद्दाका दोषी भन्दै उनी पक्राउ परे र कारागार चलान गरिए । जुगलकेवट नाम गरेका व्यक्तिलाई २००१ मा अदालतले ६ वर्ष कैद तोकेको थियो ।अदालतको लागतमा त्यो भेटिएपछि उनलाई पक्राउ गरी अदालतमा बुझाएको एसपीरामप्रसाद श्रेष्ठले बताए । पक्राउलगत्तै केवटले प्रहरी र अदालतसमक्ष आफूनिर्दोष रहेको पटक-पटक बताएका थिए । उस्तै नाम भएको अर्को व्यक्ति हुन सक्छभन्ने उनको जिकिरको सुनुवाइ नै भएन । असार ९ मा कारागारै चलान गरियो ।
केवट परिवारले नागरिकताको प्रमाणसहित निवेदन दियो । महोत्तरी प्रशासनबाट०४१ कात्तिक ३० मा जारी भएको ६१५५७२१४ नम्बरको नागरिकतामा उनको जन्म २०१५साल र बाबुको नाम सुखारी मल्लाह उल्लेख छ । जन्म र फैसला मिति फरक परेपछिउनलाई असार १५ मा जेलमुक्त गरिएको छ । ‘म संसारमा आउनु भन्दा १५ वर्षअघिकोघटनामा एक साता जेल काट्नु परेको अन्यायको क्षतिपूर्ति कसले दिने ?’ कारागारबाट बाहिर आएपछि उनले प्रश्न गरे ।
तीन छोरा र चार छोरीका बाबु उनले बनिबुतो गरेर परिवार पाल्दै आएका छन् ।दुई कट्ठा जमिनबाहेक उनको केही सम्पत्ति छैन । जेलमुक्त भएलगत्तै उनीबनिबुतो गर्न अर्काको खेतमा पुगिसकेका थिए । जेलबाट बाहिर आउने क्रममा भएको७ हजार २ सय रुपैयाँ ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् ।
नाम र ठेगाना मिलेकाले केवट पक्राउ परेको प्रहरीले प्रतिक्रिया दिएको छ ।अदालतको लगतमा बाबुको नाम उल्लेख नभएकाले पनि अलमल भएको उसको दाबी छ ।प्रहरी र अदालतले २००१ सालमा अपराध गर्ने र ०१५ सालमा जन्मेको व्यक्तिकोउमेर हेरेर पनि लगतमा उल्लेख भएको अपराधी खुट्याउने प्रयास नगरेकामास्थानीय बासिन्दाले अनौठो मानेका छन् ।
यस्तै अर्को घटनामा नैनही-३ का मोती साह फकिर सजाय काटे पनि पुन. पक्राउपरे । तिनलाई अदालतले ०५३ सालमा ४ वर्ष ९ महिना कैदको फैसला गरेको थियो ।पक्राउपछि अदालतसमक्ष उनका आफन्तले पेस गरेको कागजातअनुसार फैसलालगत्तैउनले सजाय काटिसकेका छन् । तर, सजाय भुक्तान गरेको १८ वर्षपछि पक्राउ पर्दापरिवार चकित भयो । कागजात हेरेपछि अदालत परिसरबाट उनलाई छाडियो ।
स्रेस्तेदार लेखनाथ भट्टराईले यसरी निर्दोष व्यक्ति फस्नु जानी-जानी नभई ‘मकैसँगै घुन पिसिएको’ जस्तो भएको बताए । जानकारीलगत्तै त्रुटि सच्याइएकोउनले जनाए ।
कान्तिपुर दैनिकबाट