नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

काठमाण्डु टुडे २०७१ असार १८ गते १४:२० मा प्रकाशित

काठमाण्डु, १८ असार–बुधवार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक करिब १६अंकले बढेर ९७२ बिन्दुमा आइपुगेको छ । कारोबारमा आएका एक सय nepse३७ कम्पनीमा३३ कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।

मूल्य घटेका कम्पनीको सेयर मूल्यपनि दुई प्रतिशतभन्दा कमले सस्तिएको छ । बीमा समूहको परिसूचक यस दिन पनि एक सय ८० अंकले बढेको छ । एभरेष्ट, नेपाल, सिद्धार्थ, लुम्बिनी जेनरल, प्राइम लाइफ, नेशनल लाइफको सेयर मूल्य पाँच देखि करिब १० प्रतिशतसम्म बढेको छ । चारलाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ, प्राइम लाइफ, एसियन लाइफ र गुराँसलाइफको दुई देखि साढे तीन करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबारतीव भएको छ । कम्पनीको आठ करोड २० लाख रुपैयाँको सेयर कारोबार भयो । यससमूहमा सुचीकृत नेशनल हाइड्रोपावर सहित अरुणभ्यालीको सेयर मूल्य मात्र पाँचसय मुनी छ । हालै सूचीकृत नयाँ जलविद्युत् कम्पनीहरुको मूल्य भन्दा पनिअरुणको मूल्य कम रहेकोले पनि लगानीकर्ता आकर्षित भएका हुन । कम्पनीले गत जेठमा मात्र एक बराबर एक अनुपातमा हकप्रद सेयर दिएको थियो ।

बोनस सेयर समायोजन र बुक क्लोज पछि नागरिकलगानी कोषको सेयर मूल्य एक हजार दुई सय ४८ अर्थात् २६ प्रतिशतले घटेको छ ।कोषको अन्तिम कारोबार तीन हजार चार सय ३२ मा भयो । कम्पनीको बोनस सेयरसमायोजन पछि नेप्सेले मूल्य तीन हजार एक सय २० रुपैयाँ तोकेको हो ।
बैंकिङ समूहको परिसूचक ६.६ अंक, जलविद्युत् ८७ अंक, वित्त समूह १८ अंक, बिकास बैंक ८.६, होटेल समूह ४.५ र ‘अन्य’ समूह ९.४ अंकले बढेको छ । यस दिन७४ करोड ५३ लाख रुपैयाँको सयर कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us