बैंकले चार श्रेणीमा मात्र कर्मचारी नियुक्त गर्न पाउने

काठमाण्डु टुडे २०७१ असार १८ गते १४:१४ मा प्रकाशित

nepal-rastra-bank-copy_20120515090004काठमाण्डु, १८ असार–  बैंक तथा वित्तीय संस्थाहरुले चार श्रेणीमा कर्मचारी नियुक्ती गर्नु पर्नेभएको छ।

नेपाल राष्ट्र बैंकले बुधबार कर्मचारीहरुलाई व्यवस्थापकीय, अधिकृत, सहायक र सहयोगी श्रेणीमा वर्गीकरण गर्न निर्देशन दिएको छ।व्यवस्थापकीय श्रेणीमा प्रमुख कार्यकारी अधिकृत, नायव कार्यकारी, वरिष्ठप्रबन्धक, प्रबन्धक, सहायक प्रबन्धक पर्छन्।

अधिकृत श्रेणीमा वरिष्ठ अधिकृत, अधिकृत र कनिस्ठ अधिकृत तथा व्यवस्थापनप्रशिक्षार्थीलाई राख्नु पर्ने हुनछ। सहायक श्रेणीमा वरिष्ठ सहायक, सहायक रकनिस्ठ सहायक तथा सहायक प्रशिक्षार्थीलाई राख्नु पर्ने हुन्छ। सहयोगीश्रेणीमा चालक, सञ्चार वहाक र सुरक्षा गार्ड पर्छन्।

राष्ट्र बैंकले कर्मचारी नियुक्तीको न्युनतम योग्यता पनि तोकेको छ।व्यवस्थापकिय श्रेणीमा नियुक्त हुनेहरु स्नातकोत्तर उत्तिर्ण हुनु पर्छ।अधिकृत श्रेणीले स्नातक, सहायकले प्रमाणपत्र तह उत्तिर्ण भएको हुनु पर्छ।

राष्ट्र बैंकले व्यवस्थापनको नेतृत्व प्रमुख कार्यकारी अधिकृतले गर्नेव्यवस्था गरेको छ। महाप्रबन्धक, प्रबन्ध निर्देशकजस्ता पदहरु उसले खारेजगरेको छ। नायव महाप्रबन्धक पद पनि खारेज गर्दै नायव प्रमुख कार्यकारीअधिकृतको व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले बुधबार कर्मचारी सेवा विनियमावलीका साथै कर्जा अपलेखनविनियमावली र आर्थिक प्रशासन विनियमावली पनि सार्वजनिक गरेको छ। राष्ट्रबैंकले चाँडै कर्मचारीहरुको तलव स्केलका बारेमा पनि निर्देशिका जारी गर्नेजनाएको छ।

राष्ट्र बैंकले कर्मचारीको परिभाषालाई पनि परिमार्जन गर्दै ज्यालादारीलाईकर्मचारीको परिभाषाबाट हटाएको छ। बैंकले कर्मचारीका रुपमा स्थायी रकरारवालालाई मात्र मान्यता दिनु पर्ने व्यवस्था छ।

बैंक तथा वित्तीय संस्थाले कर्मचारी नियुक्त गर्दा पदपुर्ति समिति गठनअनिवार्य रुपमा गर्नु पर्ने हुन्छ। नायव कार्यकारी प्रमुख पदमा वढुवा वानयाँ नियुक्ती गर्दा कार्यकारी प्रमुखको सिफारिसमा पदपुर्ति समितिले गर्नुपर्ने हुन्छ। योभन्दा तलको पदका लागि नियुक्ती वा वढुवा गर्दा भने पदपुर्तिसमितिको सिफारिसमा प्रमुख कार्यकारीले नियुक्त गर्ने व्यवस्था मिलाइएकोछ।

पदपुर्ति समितिको संयोजक नायव प्रमुख कार्यकारी अधिकृत हुने छन् भनेसदस्यमा कार्यकारी प्रमुखले तोकेको एक जना व्यक्ति हुने छन्। समितिको सदस्यसचिवमा जनशक्ति व्यवस्थापन विभागका प्रमुख हुने छन्।

बैंक तथा वित्तीय संस्थाहरुले अबदेखि नयाँ नियुक्ती तथा वढुवा गर्दा खुलाप्रतिस्पर्धाबाट छान्नु पर्ने हुन्छ। अहिले कतिपय बैंक तथा वित्तीयसंस्थाहरुले सञ्चालक तथा प्रमुख कार्यकारीको प्रभावका आधारमा सोझै नियुक्तीगर्ने गरेका छन्।

कर्मचारी नियुक्ती गर्दा सार्वजनिक रुपमै विज्ञापन गर्नु पर्ने हुन्छ।त्यसपछि परीक्षा र अन्तर्वार्ता अनिवार्य गरिएको छ। दुबै चरण पार गरेकाउमेद्वारहरुलाई समितिले प्रमुख कार्यकारी समक्ष पेस गरेपछि मात्र नियुक्तगर्नु पर्ने हुनछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us