नेपाल वायुसेवा निगम ५६ औं वर्षमा

काठमाण्डु टुडे २०७१ असार १७ गते ३:३९ मा प्रकाशित

plan Nacकाठमाण्डु, १७ असार –नेपाल वायुसेवा निगमले मंगलबार ५६ औं वार्षिकोत्सव मनाउँदैछ ।
दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री सुशील कोइरालाले विगतको मूल्यांकन गर्दै भावी बाटो तय गर्न निगमलाई सुझाव दिएका छन् ।
सरकारले खुला आकाश नीति अवलम्बन गरेपछि राष्ट्रिय ध्वजावाहक निगमको सञ्चालन र व्यवस्थापनमा निखार आउन नसकेको भन्दै निजी र अन्तर्राष्ट्रिय विमान कम्पनीले राम्रो नाफा आर्जन गरिरहेको बेला निगमले यात्रुको मन जित्न आन्तरिक सुधारमा ध्यान दिनुपर्ने प्रधानमन्त्री कोइरालाले जोड दिएका छन् ।
संस्थागत सुधार गर्दै कर्मचारीलाई निर्धारित काममा खटाउने, संस्थागत काममा प्रतिवद्ध बनाउने, भ्रष्टाचार र आर्थिक अनियमितता हुन नदिने, उडान सुरक्षाको प्रत्याभुति गर्ने लगायत काममा ध्यान केन्द्रित गर्न पनि उहाँले निगम प्रशासनलाई सुझाव दिएका छन् ।
स्थापना दिवसको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भीम आचार्यले अहिले चुस्त भरपर्दो र नियमित सेवा दिने तथा नयाँ विमानको खरिदपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी रुपमा अघि बढ्ने विषयमा ध्यान दिनुपर्ने बताएका छन् ।
निगमका महाप्रवन्धक मदन खरेलले १ सय ५८ सिट क्षमताका २ वटा न्यारोबडी एयरबस तथा आन्तरिक उडानका लागि ६ वटा विमान चीनबाट ल्याउने तय भइसकेकाले निगमको ५७ अौं वर्ष महत्वपूर्ण रहेको बताए ।
१० बर्षे ब्यवसायिक योजना अन्तर्गत अन्तर्राष्ट्रिय उडानका लागि ९ र आन्तरिक उडानका लागि १६ गरी विमान संख्या २५ पुर्‍याइने लक्ष्यका साथ निगम अघि बढिरहेको उनले बताए ।
५६ बर्षअघि स्थापना भएको निगम चुस्त ब्यवस्थापनको अभाव तथा राजनीतिक हस्तक्षेप लगायत कारणले थला पर्दै गएको छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us