
काठमाण्डु – भारतीय सरोदवादक उस्ताद अमजद अली खानको ४५ वर्ष पुरानो शास्त्रीय संगीत बाजा सरोद हराएको छ ।
बेलायतबाट भारत ल्याउदा सो बाजा हराएको उस्ताद खानले जानकारी दिएका छन् ।
४५ वर्षदेखि मेरो साथमा रहेको बाजा हराउँदा आफू दु:खी भएको बताएका छन् । साथै उनले मेरो प्रिय बाजा चमत्कारीक रुपमा फर्केर आउने आशा व्यक्त गरेका छन् ।
उनका अनुसार यसको मूल्य ६ करोड रहेको जानकारी दिएका छन् । ब्रिटिस एअरवेजको यात्रामा सो बाजा हराएको उनले बताए ।