यूएईमा सिन्धुपाल्चोक सेवा समाज समाज गठन

काठमाण्डु टुडे २०७१ असार १६ गते ८:११ मा प्रकाशित

यूएई – रोजगारीको क्रममा यूएईमा रहेका सिन्धुपाल्चोकवासीलाई एकीकृत गर्दै जिल्लावासीको हितका लागि सिन्धुपाल्चोक सेवा समाज यूएईको गठन भएको छ ।

sindhu samaj uae 3गत शुक्रवार दुबईमा सम्पन्न एक भेलाले बिदुर न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गर्दै समिति गठन कार्यलाई पूर्णता दिएको हो ।

नवगठित समाजको मूल उद्देश्य रोजगारीका क्रममा यूएईमा रहेका नेपाली श्रमिकहरुलाई आइपर्ने समस्यामा यथाशक्य सहयोग पुर्याउने र आफ्नो जिल्लामा आइपर्ने बिभिन्न प्राकृतिक प्रकोप, महामारी तथा गरीब र असहाय जिल्लावासीहरुको सहयोगमा केन्द्रित हुनेछ ।

समाजले चाडै नै यूएईमा रहेका सबै सिन्धुपाल्चोकवासी समक्ष आफ्नो पहुँच विस्तार गर्ने बताउदै यहाँ रहेका सम्पूर्ण जिल्लावासीलाई सम्पर्कका लागि आग्रह समेत गरेको छ । अलग अलग गाउँबाट आएका सबै जिल्लावासीलाई एकताको सुत्रमा बाँध्ने यस महान अभियानमा कोहि पनि छुट्न नहुने समाजका प्रथम उपाध्यक्ष दिपक राउत बताउछन ।

प्रथम उपाध्यक्षमा दिपक राउत, द्वितीय उपाध्यक्षमा बिमल गिरी, सचिवमा मनोज नेपाल, सह सचिव लक्ष्मण लामा, कोषाध्यक्ष सुश्री सुकु स्याङ्बो, सह कोषध्यक्ष सरोज न्यौपाने र सदस्यहरुमा युवराज भट्टराई, इश्वर गिरी, संजीमाया लामा, अशोक लामा, रेवन्त थापा, सरोज खड्का, चमेली लामा, रमेश राउत रहेका छन् । सोहि भेलाले उत्तम अधिकारी, अमित पौडेल, राजेश बोहोरा र राजेश श्रेष्ठलाई समाजको सल्लाहकारमा चयन गरेको छ ।

मनोज नेपालद्वारा संचालित सो कार्यक्रममा उपस्थित सदस्यहरुले आ आफ्ना धारणा राखेका थिए । जिल्लावासीहरु बीच सहज सम्पर्क, समन्वय, आपसी सहकार्य र सहयोग आदानप्रदानका लागि समाज कोसेढुङ्गा सावित हुनेमा सबैले विश्वास व्यक्त गरे ।

यस अघि न्यौपानेकै संयोजकत्वमा यूएईमा रहेका सिन्धुपाल्चोकवासीको पहिचान गरी संस्था निर्माण र संचालनमा सकृय हुनेहरुको खोजी सहित पूर्ण कमिटी गठनका लागि एक तदर्थ समिती निर्माण भएको थियो । पूर्ण कमिटी गठन भएसंगै उक्त तदर्थ समिती भंग भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us