
काठमाण्डु, १६ असार – बरिष्ठ चलचित्र निर्देशक नीर शाहको स्वास्थ्य अवस्था गम्भीर भएको छ । हृदयघातपछि बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्र अस्पतालमा उनको उपचार भइरहेको छ । शाहलाई शनिवार हृदयघात भएको थियो ।
अस्पतालमा एन्जियोग्राम गरेर अवरुद्ध भएको मुटुको नसा खोलिएको उपचारमा संलग्न मुटुरोग बिशेषज्ञ डाक्टर अरुण मास्केले बताए । उनलाई सीसीयू कक्षमा राखेर उपचार गरिएको छोरी आकांक्षाले बताइन् ।
परीक्षणपछि शाहको रुक्तचाप उच्च हनुका साथै फोक्सोमा समेत पानी जमेको चिकित्सक मास्केले जानकारी दिए ।
शाहलाई ७२ घण्टा चिकित्सकको निगरानीमा राखेर उपचार गरिनुपर्ने आवश्यकता रहेको डाक्टर मास्केले बताए ।
मोटोपनको समस्याबाट गुज्रिएका शाहले अत्यधिक धूमपान गरेकाले यस्तो समस्या देखिएको चिकित्सकको भनाई छ ।