तेरिया लुम्बिनी बालिका शान्ति दूत

काठमाण्डु टुडे २०७१ असार १५ गते १२:३६ मा प्रकाशित

ललितपुर, १५ असार – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले डान्स इन्डिया डान्समा प्रथम भएकी तेरिया फौजा मगरलाई लुम्बिनी बालिका शान्ति दूतको उपाधिले सम्मान गरेका छन् ।

teriaसो अवसरमा उपप्रधान मन्त्री सिंहले नेपालमा जन्मिएर विदेशमा भएको डान्स प्रतियोगितामा प्रथम भइ देशको शीर उच्च गर्ने कार्य गरेकोमा सराहना गरे ।

सो प्रतियोगितामा डान्सका लागि करिब चार लाख जनाले निवेदन दिएकामा ४० हजार भित्रबाट अन्तिम चरणसम्म पुग्दा मगरले पब्लिक भोटको आधारमा प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् ।

लुम्बिनी–कपिलवस्तु अभियानको आयोजनामा भएको कार्यक्रममा अभियानका अध्यक्ष डा हरिकुमार श्रेष्ठले नेपाली चेलीलाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us