नेपाली विद्यार्थीलाई १ करोड बराबरको छात्रबृत्ति दिने घोषणा

काठमाण्डु टुडे २०७१ असार १५ गते १०:०७ मा प्रकाशित

काठमाण्डु, १५ असार – युनिभर्सल ग्रुप अफ ईन्स्टिच्युशन चन्डीगढ इन्डियाले नेपाली विधार्थीहरुलाई विशेष छात्रावृत्ति दिने घोषणा गरेको छ ।

UNIVERSAL GROUP OFरिपोर्टर्स क्लब नेपालमा आईतबार पत्रकार सम्मेलन गर्दै युनिभर्सल ग्रुप अफ ईन्स्टिच्युशन चन्डीगढ इन्डियाले नेपाली विधार्थीलाई करिव १ करोडको छात्रावृत्ति तथा आर्थिक सहुलियत दिने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै इन्स्टिच्युटका अध्यक्ष डा. गुरुप्रित सिंहले यस वर्षको शैक्षिक सत्रको लागि करिव ६० जना नेपाली विधार्थीलाई जनही दुइ लाखको दरले विशेष छात्रावृत्ति दिने पनि उद्घोष गरेका छन् । उनले भने–विधार्थीहरुलाई उच्च शिक्षा हाँसिल गर्न आर्थिक रुपले कुनै बाधा नहोस भन्ने हेतुले हामीले नेपालका विधार्थीलाई यस्तो अवसर सृजना गरेका छौं । मलाई विश्वास छ, यसबाट नेपाली विधार्थीलाई पूर्ण रुपमा लाभ हुनेछ ।

सिंहले छात्रवृत्ति भने विभिन्न संकाय अनूरुप नै दिने पनि बताए । उनले गरिव, मेहनती तथा जेहेन्दार विधार्थीहरुलाई उनीहरुको शैक्षिक प्रस्तुतीको स्तरीयताको आधारमा मात्र छात्रवृत्तिको रकम घोषणा गर्ने पनि बताए । सिंहले युनिभर्सल ग्रुप अफ ईन्स्टिच्युट सवै जेहेन्दार विधार्थीलाई उच्च शिक्षा दिन आतुर रहेको पनि जानकारी दिए । उनले भने–हामी चाहन्छौं कि सक्षम र योग्य विद्यार्थीले गुणस्तरीय शिक्षा लिनबाट बञ्चित हुन नपरोस् । र हामीले उनीहरुको लागि यस्तो सेवा दिएर सवै देशमा आफ्नो संस्थाको सकारात्मक सन्देश पनि दिएका छौं ।

युनिभर्सल ग्रुप अफ ईन्स्टिच्युशन चन्डीगढ इन्डिया एआइसीटीइ, नयाँ दिल्ली र पन्जाव सरकारसँग आवद्ध रहेको छ भने पन्जाब टेक्निकल युनिभर्सीटी (पिटियू) जलान्धार संग एफिलिएटेड छ । जहाँ अहिले बिटेक, एमटेक,एमवीए, बीबीए, बीसीए। पोलीटेक्निक, इटीटी, बीएड लगायतका एकेडेमिक सेसनहरु सञ्चालनमा रहेको जानकारी उनले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us