चितवन समाज युएई को दोस्रो अधिवेशन आउँदो साता

काठमाण्डु टुडे २०७१ असार १५ गते ६:५३ मा प्रकाशित

दुबई, १५ असार – चितवन समाज युएई को दोस्रो अधिवेसन आगामी साता हुने भएको छ । यस अधिवेशनले २ बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

uaeबैदेशिक रोजगारीका सिलसिलामा युएईमा छरिएर रहेका चितवनबासीहरुले आपसी भाईचारा बढाउदै सहयोग आदान प्रदान गर्ने मुख्य उद्देश्य साथ यस समाजको स्थापना गरेको आयोजकले जानकारी दिए ।

समाजले युएईमा कार्यरत चितवनबासी दाजुभाइ तथा दिदि बहिनीहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ.। आउँदो शुक्रबारका दिन नयाँ नेतृत्व चयन गरिने हुँदा समाजको ईच्छुक सदस्य कार्ययोजना सहित आएर समाजलाई गतिदिन समाजका पुर्ब अध्यक्ष अरुण सुबेदीले आवहन गरे ।

साथै समाजको तर्फबाट हालसम्म सदस्यता लिएका सबै सदस्यहरुलाई आफ्ना साथीहरु सहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us