रोयल्टीमा फेरि सुरेश अधिकारी

काठमाण्डु टुडे २०७१ असार १५ गते २:२७ मा प्रकाशित

suresh_adhikariकाठमाण्डु, १५ असार – संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा सुरेश अधिकारी बिजयी भएका छन् ।

अधिकारीले बद्री पाण्डेलाई हराएका हुन् । अधिकारीले १ सय ९० मत पाएका थिए भने पाण्डेले १ सय १ पाए । शनिवार राति सम्पन्न निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको छ ।

सदस्यहरुमा रमेश बिजी, शिव सुवेदी, ललिता कुँवर, दयाराम पाण्डे, रमेशराज भट्टराई, श्रीकृष्ण बममल्ल, सन्तोष श्रेष्ठलगायत रहेका छन् । पदाधिकारीको चयन भने समाजको आगामी बैठकले गर्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us