
काठमाण्डु, १४ असार– भारतीय टिभी च्यानल जी टिभीको नृत्य प्रतियोगिता ‘डान्स इन्डिया डान्स’ डिआईडी जितेकी तेरिया मगर शनिबार काठमाण्डु आइपुगेकी छन् ।
एयर ईण्डियाको जहाजबाट उनी दिउँसो पारिवारिक सदस्यहरुका साथ साढे २ बजे काठमाण्डु आइपुगेकी हुन् । उनलाई स्वागत गर्न सयौं नेपाली प्रशंसक विमानस्थल पुगेका थिए ।
प्रतियोगिताको उपाधि जितेकी तेरियाले भारतीय रुपैयाँ ५० लाख र कार पुरस्कार पाएकी छन् । उनी आइतबार गृहजिल्ला रुपन्देही जानेछिन् ।