बाँकेमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या साढे दुई लाख

काठमाण्डु टुडे २०७१ असार १३ गते १:४८ मा प्रकाशित

बाँके– जिल्लामा मोबाइल प्रयोग गर्नेको सङ्ख्या साढे दुई लाख नाघेको छ । नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगन्जका अनुसार बाँकेमा दुई लाख ५७ हजार १९९ जना मोबाइल ग्राहक छन् ।

३५ लाख ४६ हजार ६८२ जनसङ्ख्या रहेको मध्यपश्चिम क्षेत्रमा मोबाइल बोक्ने ११ लाख १० हजार ९०५ जना पुगेका छन् । ल्यान्डलाइन फोन प्रयोग गर्ने ३१ हजार १९१ जना रहेका छन् । टेलिकम क्षेत्रीय कार्यालयका अनुसार जिल्लामा जिएसएम पिप्रेड ग्राहक दुई लाख १३ हजार ५२, जिएसएम पोस्टपेड ग्राहक सात हजार १९८, सिडिएम स्काई प्रिपेड ग्राहक ३६ हजार ७१६ र स्काई पोस्टपेड ग्राहक २३३ जना रहेका छन् ।

mobilePhone_1524700c
जिल्लामा ल्यान्डलाइन प्रयोगकर्ता ११ हजार ३१८ जना रहेका छन् । ल्यान्डलाइन ग्राहक नेपालगन्जमा सात हजार ४७३, कोहलपुरमा एक हजार ८३४, राँझामा ३१६ र खजुरा ३६० रहेका छन् ।
चालु आर्थिक वर्षको वैशाख महिनासम्म मध्यपश्चिममा मोबाइल प्रयोग गर्ने ११ लाख १० हजार ९०५ जना र ल्यान्डलाइन प्रयोग गर्ने ३१ हजार १९१ जना पुगेका हुन् । मध्यपश्चिममा जिएसएम पिप्रेड ग्राहक नौ लाख सात हजार ५११, जिएसएम पोस्टपेड ग्राहक १८ हजार ७८, सिडिएम स्काई प्रिपेड ग्राहक एक लाख ७८ हजार ४५ र स्काई पोस्टपेड ग्राहक सात हजार २७१ जना रहेका छन् । मध्यपश्चिमका १५ जिल्लाका सबै गाविसमा टेलिफोन सेवाको पहुँच विस्तार भइसकेको राससले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us